धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

गेटामा नबन्ने भो मेडिकल विश्वविद्यालय

गेटामा नबन्ने भो मेडिकल विश्वविद्यालय

धनगढी । बजेटमा रहेको एक सय शैय्याको अस्पताल भन्ने शब्द परिमार्जन गरी गेटामा दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माण गर्ने वाचा गरेको संघिय सरकारले बजेटमा भने सो प्रतिबद्धता लागे नगरेरै संसदबाट पास गरेको छ ।

जेठ १५ गत संघीय संसदमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको बजेटमा कैलालीको गेटालाई ‘एक सय शैय्याको गेटा स्वास्थ्यविज्ञान प्रतिष्ठान स्थापना गरिने छ भन्ने वाक्यांक, जस्ताको त्यस्तै पारित गरिएको छ । अर्थमन्त्री डा. महतले प्रस्तुत गरेको बजेटमा उक्त कुरा समेटिएपछि सो बिषयलाई लिएर चर्को आलोचना समेत भएको थियो । कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापनार्थ बिभिन्न दवाव सिजृना भएको थियो ।


ट्रेन्डिङ