धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

लम्पी स्किनका कारण देशभर २५ हजार पशु मरे

लम्पी स्किनका कारण देशभर २५ हजार पशु मरे

धनगढी । लम्पी स्किन रोगका कारण देशभर २५ हजार पशु मरेका छन् ।

देशका ७६ वटा जिल्लामा फैलिएको लम्पी स्किन रोगका कारण पशाु चौपाया मर्नेक्रम अझै बढ्न थालेको पशु सेवा विभागले जनाएको छ ।

‘हाल सम्म मनाङ बाहेक देशका अन्य सवै जिल्लामा लम्पी स्किन रोग फैलिएको छ,’ पशु सेवा विभागका सुचना अधिकारी चन्द्र ढकालले भने, ‘रोगका कारण देशभरमा २५ हजार ४ सय ८ पशु चौपाया मरोका छन्, भने रोगका कारण चौपाया मर्नेक्रम बढ्न थालेको छ ।’

सूचना अधिकारी ढकालका अनुसार नेपालका ७६ वटै जिल्लामा हाल सम्म ६ लाख ८२ हजार ८० पशुमा लम्पी स्किन रोग लागेकोमा ४ लाख ९ हजार १ सय ७५ पशु भने निको भएका छन् ।


ट्रेन्डिङ