बाजुरामा जीप दुर्घटना हुँदा ७ जना घाइते

बाजुरामा जीप दुर्घटना हुँदा ७ जना घाइते

बाजुरा। बाजुरामा जीप दुर्घटना हुँदा जना घाइते भएका छन् बाजुराको को कोल्टीबाट धुलाचौर जाँदै गरेको सुदुरपश्चिम प्रदेश ०१००१ १२४१ नम्बरको जीप बुढीनन्दा नगरपालिका पिपलडालीमा दुर्घटना भएको हो इलाका प्रहरी कार्यालय कोल्टीका अनुसार बिहीबार दिउँसो साढे बजे कोल्टीबाट धुलाचौर जाँदै गरेको जीप सडक छेउमा साइड दिने क्रममा सडकबाट करिव मिटर तल खसेको हो जीप १० जना यात्रु लिएर कोल्टीबाट धुलाचौरका लागि छुटेको थियो

 

जीप दुर्घटनामा घाईते हुनेमा मुगुको खत्याड गाउँपालिका वडा नं का १४ वर्षका असल परियार, सोहीठाउँका ३० वर्षीय पुण्य सार्कि, ३० वर्षीय नन्दकृष्ण सार्की, ४९ वर्षका कृष्ण बहादुर सार्की, राम सार्की हिमाली गाउँपालिका का ३५ वर्षीय छम्मा सुनार वडा नं का १८ वर्षीय मान बहादुर सार्की रहेका प्रहरीले जनाएको छ। प्रहरीले घाइते सबैको अहिले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भैरहेको बताएको छ। घाइतेहरुको टाउको, ढाड, कम्मर, आखाँ, नाकमा चोट लागेको जनाइएको छ ।