आयल निगमका पूर्वकार्यकारी निर्देशक भ्रष्टाचारी ठहर, १५ महिना जेल ९ करोड जरिवाना तोकियो

आयल निगमका पूर्वकार्यकारी निर्देशक भ्रष्टाचारी ठहर, १५ महिना जेल ९ करोड जरिवाना तोकियो

धनगढी नेपाल आयल निगम लिमिटेडका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का भ्रष्टाचारी ठहर भएका छन् विशेष अदालत काठमाडौँले शुक्रबार खड्कालाई अकुत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर गरेको हो

उनीविरुद्ध अख्यितार दुरुपयोग अनुसन्धान आयोगले २०७५ पुसमा १८ करोड भन्दा बढी अवैध आम्दानी गरेको दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो विशेष अदालतका अनुसार अध्यक्ष श्रीकान्त पौडेल सदस्य न्यायाधीशहरु शालिग्राम कोइराला डा. श्री खुशी प्रसाद थारुको इजलासले अख्तियारको दाबीमा विशेषले आंशिक ठहर गरेको हो

विशेषले खड्कालाई १५ महिना कैद सजाय हुने सजाय सुनाएको भने करोड १९ लाख हजार ६३४ रुपैंया जरिवाना गर्न भनेको हो खड्काले परिवारका सदस्यबाहेक अमिता लामा सोदेम्बाको नाममा सात करोड ५४ लाख ५७ हजार आठ ७५ रुपैयाँ लुकाइ राखेको तथ्य आयोगले विशेषमा पेश गरेको थियो

डिभिजन सडक कार्यालयको निर्देशकसमेत भएका खड्का प्राविधिक तर्फका निजामति कर्मचारी हुन् खड्काले ५५ वटा बैंक वित्तीय संस्था तथा सहकारीमा नगद मात्र दुई करोड, ७१ लाख ५३ हजार चार सय २१ राखेको पाइएको थियो