धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बाघको छाला र हड्डीसहित तीन जना पक्राउ

बाघको छाला र हड्डीसहित तीन जना पक्राउ

धनगढी । बाघको छाला र हड्डी सहित तीन जना पक्राउ परेका छन् । बाँकेको कोहलपुर नगरपालिका ११ बाट बाघको छाला र हड्डीसहित पक्राउ परेका तीन जनालाई शुक्रबार प्रहरीले जिल्ला वन कार्यालय बाँकेलाई बुझाएको छ ।

पक्राउ पर्नेमा अछामको पञ्चदेवल गाउँपालिका–२ का टोपेन्द्र शाही,दैलेखको ठाटीकानडा गाउँपालिका–४ घर भएका सुनील चुनारा र सोही जिल्ला भगवती गाउँपालिका–५ का नवीनकुमार कसेर रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

उनीहरूलाई हिजो प्रहरीले कोहलपुर नगरपालिकामा बिहीबार जाँच गर्ने क्रममा पक्राउ गरेको थियो । नेपाल प्रहरीको लुम्बिनी प्रदेशको विशेष टोलीले बाघको छाला र हड्डीको कारोबार हुँदैछ भन्ने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको थियो । जिल्ला वन कार्यालयले त्यसको अनुसन्धान भइरहेको जनाएको छ ।


ट्रेन्डिङ