धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

जनकल्याण सहकारीलाई सुदुरपश्चिमको उत्कृष्ट सहकारी  पुरस्कार

जनकल्याण सहकारीलाई सुदुरपश्चिमको उत्कृष्ट सहकारी  पुरस्कार

धनगढी । राष्ट्रिय सहकारी महासंघले  टीकापुर कैलालीको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई सुदूरपश्चिम प्रदेशको उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्रदान गरेको छ ।

१०१ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा महासंघले जनकल्याणलाई प्रदेशको उत्कृष्ट सहकारी पुरस्कार प्रदान गरेको हो ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सहकारीका अध्यक्ष नृपराज भण्डारीलाई २५ हजार नगद सहित सम्मान–पत्र प्रदान गरेका हुन् ।

नेपालको सहकारी क्षेत्रमा उत्कृष्ट कार्य गर्ने सहकारी संघसंस्था तथा अभियानको प्रवद्र्धनमा योगदान पु¥याउने अभियन्ता लगायतलाई प्रत्येक वर्ष जुलाई पहिलो शनिबार मनाइने अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा पुरस्कार प्रदान गर्ने गरिन्छ ।

कैलालीको टीकापुरमा २०६९ सालमा स्थापना भएको जनकल्याण सहकारीले बचत तथा ऋणको कारोवार गर्दै आएको  छ ।


ट्रेन्डिङ