धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

धनगढी पुगेको श्रीको विमानमा समस्या देखिएपछि काठमाडौं फर्काइयो

धनगढी पुगेको श्रीको विमानमा समस्या देखिएपछि काठमाडौं फर्काइयो

धनगढी । प्राविधिक समस्याका कारण शनिबार काठमाडौं बाट धनगढी उडानको श्री एयरलाइन्सको जहाज काठमाडौं फर्किएको छ ।

श्री २२५ उडान नम्बरको जहाज शनिबार अपरान्ह साढे तीन बजे काठमाडौं विमानस्थलबाट उडेको थियो । हाइड्रोलिक फेल भएर जहाज धनगढी विमान स्थलमा अवतरण गर्न नसकेपछि काठमाडौं फिर्ता भएको त्रिभुवन विमानस्थलले जनाएको छ ।

श्रीको जहाज अवतरणपछि केही वेर काठमाडौं विमानस्थलको ट्याक्सी वेमा रोकिएको थियो । अड्किएको विमानलाई तानेर पार्किङ वेमा लगिएको थियो । सो विमानले धावनमार्गमा भने कुनै समस्या पारेन ।


ट्रेन्डिङ