धनगढी पोष्ट शुक्रबार, ०६ चैत २०८२   March 20, 2026

पहिरोले अवरुद्ध महाकाली लोकमार्ग सुचारु

पहिरोले अवरुद्ध महाकाली लोकमार्ग सुचारु

धनगढी गएरातिको वर्षाका कारण पहिरो खसेपछि अवरुद्ध बनेको दार्चुलाको महाकाली लोकमार्ग सुचारु भएको खलङ्गागोकुलेश्वर सडक खण्ड अन्तर्गत पनेबाजमा पहिरो गएपछि अवरुद्ध बनेको थियो

सडक माथिबाट खसेको पहिरो पन्छ्याएपछि लोकमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए सडक सुचारु भएसँगै सवारीसाधन यात्रुहरु गन्तव्यतर्फ लागेको प्रहरी निरीक्षक सिंहले बताए

मंगलबार बिहानैदेखि सडक डिभिजन कार्यालय पाटन बैतडीले पहिरो पन्छ्याउने काम गरेपछि लोकमार्ग सुचारु भएको हो


ट्रेन्डिङ