उद्यमी महिलालाई बीउ पूजी हस्तान्तरण

उद्यमी महिलालाई बीउ पूजी हस्तान्तरण

धनगढी कैलालीको गोदावरी नगरपालिकाका उद्यमी महिलालाई बीउ पूजी हस्तान्तरण गरिएको

दलित महिला संघ फेडोले निर्माण गरेका दलित महिला समुहमा आबद्ध भई व्यवसायमा आबद्ध भएका गोदावरीका जना महिलालाई फेडोले जनही २०/२० हजारका दरले बीउ पूजी प्रदान गरेको हो

फेडोद्वारा गठन गरिएका समुहमा आबद्ध महिलालाई आर्थिक रुपमा सशक्त बनाउन बीउ पूजी वितरण गरिएको फेडो कैलालीका संयोजक विनोद घिमिरेले बताए सामाजिक तथा आर्थिक रुपमा पछाडी परेका दलित महिलालाई आर्थिक सामाजिक रुपमा सक्षम बनाउने उद्देश्यले बीउ पूजी हस्तान्तरण गरिएको हो, संयोजक घिमिरेले भने, ‘सुदूरपश्चिममा व्याप्त जातीय छुवाछुत अन्त्यका लागि पनि दलित महिलालाई आर्थिक रुपमा सक्षम बनाउनु जरुरी हुने

बीउ पूजी पाएका महिलाले एक दुई दिनमै व्यवसाययिक योजना बनाई सो योजना अनुसार एक महिना भित्रै योजना अनुसार काम गर्नुपर्ने संयोजक घिमिरेले बताए

बीउ पूजी पाएका महिलाले एक महिना भित्र व्यवसायीक योजना अनुसार काम गर्न सुरु नगरेको अवस्थामा भने पूजी फिर्ता दिनुपर्ने घिमिरेका अनुसार बीउ पूजी पाएका महिलाले महिना भित्र आफु आबद्ध समुहमा सो रकम न्यूनतम ब्याज सहति फिर्ता गर्नुपर्ने

वीउ पूजी पाउनेमा गोदावरी नगरपालिका की जमुना नेपाली शारदा रोकाया, वडा नम्बर की धना ताम्राकार , वडा नम्बर की देवि आउजी, वडा नम्बर की जानकी बिक तथा वडानम्बर की शारदा नेपाली नीता नेपालरी रहेका छन्

बीउ पूजी वितरण गर्नु अघि उनिहरुलाई फेडोले व्यवसायीयक योजना निर्माण तथा बजारीकरण सम्बन्धी तालिम समेत प्रदान गरेको थियो

बीउ पूजी गोदावरी नगरपालिकाका प्रबक्ता तथा वडा नम्बर का वडा अध्यक्ष गोपाल दत्त भट्ट, वडा नम्बर का वडा अध्यक्ष तेजराज अवस्थी, वडा नम्बर का वडा अध्यक्ष हेमप्रकाश मल्ल, वडा नम्बर का अध्यक्ष कलावति साउँद वडा नम्बर का अध्यक्ष गोविन्द चौधरीको रोहबरमा वितरण गरिएको हो

कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका प्रबक्ता तथा वडा नम्बर का अध्यक्ष गोपालदत्त भट्टले  स्थानीय तहले गर्नुपर्ने काम फेडोले गरेर वडालाई सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गरेका थिए उनले बीउ पूजी पाएका महिलालाई पूजीको सहि सदुपयोग गर्न पनि सुझाव दिए उनले उद्यमशिल महिलालाई लक्षित वर्गका लागि वडाले छुट्याएको बजेटमा समावेस गर्ने बताए यसका साथै उद्यमशिल महिलालाई नगरपालिका बाट पनि सहयोग गर्न सकिने बताए तर त्यसका लागि महिला समुहलाई वडामा सूचिकृत गर्नु अपरिहार्य रहेको उनले बताए सिमान्तकृत समुदायका लागि छुट्याइएको बजेटमा बढी विवाद हुने हुँदा कार्यान्वयन गर्न समस्या हुने गरेको बताउँदै उनले समुह मार्फत मिलेर आए बजेट कार्यान्वयन गर्न पनि सजिलो हुने बताए

गोदावरी का वडा अध्यक्ष तेजराज अवस्थीले महिला समुहको प्रगति सह्रानीय रहेको भन्दै वडाका कार्यक्रममा समेटेर लैजाने प्रतिबद्धता जनाए वडा स्तरमा योजना छनौंट हुने समयमा समन्वय गरेको भए फेडोले वितरण गरेको बीउ पूजीमा वडाबाट पनि केही बजेट राख्न सकिन्थ्यो, अध्यक्ष अवस्थीले भने, ‘अव त्यो सम्भव छैन, तर दलित महिला समुहलाई कुनैन कुनै रुपमा समेट्ने वाचा गर्दछु

वडा नम्बर का अध्यक्ष कलावति साउँदले फेडोद्वारा गठित महिला समुहलाई वडामा दर्ता गर्न आग्रह गरिन् वडामा पनि दलित मिहला, यकल महिला, शिक्षा स्वास्थ्यमा बजेट हुने गरेको बताउँदै उनले सो बेजेटमा फेडोले गठन गरेका महिला समुहलाई पनि समावेस गर्न सकिने बताइन् तर कानूनी प्रक्रिया भने अपनाउनु पर्नेमा उनले जोड दिइन् उनले संस्थाले उपलब्ध गराएको पूजीको सही सदुपयोग गरी दिगो व्यवसायी बन्ने योजना बनाउन महिलालाई आग्रह गरिन्

वडा नम्बर का अध्यक्ष गोविन्द चौधरीले समुह बनाएर योजना माग गर्दा त्यसता क्षेत्रमा बजेट दिन पनि सजिलो हुने बताए उनले वडामा दर्ता हुने सवै समुहलाई समान व्यवहार गरिने पनि बताए

फेडोले व्यवसायिक प्रबद्र्धन कार्यक्रम अन्तरगत २०२१ २०२२ मा पनि गोदावरी नगरपालिकाका १० जना महिलालाई बीउ पूजी मार्फत २०/२० हजार रुपैंयाँ प्रदान गरेको थियो कार्यक्रम फेडो कैलालीकी सचिव तथा प्रदेश अध्यक्ष अम्बिका ताम्राकारको अध्यक्षतामा सम्पन्न भएको हो