धनगढी पोष्ट सोमबार, ०८ मङि्सर २०८२   November 24, 2025

विस्फोटक पदार्थसहित भारतीय नागरिक पक्राउ

विस्फोटक पदार्थसहित भारतीय नागरिक पक्राउ

धनगढी कैलालरीको कैलारी गाउँपालिकाबाट विस्फोटक पदार्थ सहति भारतीय नागरिक पक्राउ परेका छन् बिहीबार साँझ सशस्त्र प्रहरी सीमा सुरक्षा बलको टोलीले कैलारी गाउँपालिका, खोम्पुर घाटमा २९ किलो ५० ग्राम विस्फोटक पदार्थ गन्धक (बारुद बनाउन प्रयोग हुने पदार्थ) बरामद गरेको हो

भारतको लख्खिमपुर चन्दनचौकीका ४२ वर्षीय शिवा गुप्ता भारतबाट साइकलमा बोकेर उक्त विस्फोटक पदार्थ नेपालतर्फ ल्याइरहेको अवस्थामा पक्राउ परेका हुन्

विशेष प्रस्तावित सीमा सुरक्षा गुल्म खोम्पुरका सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश खड्का नेतृत्वको टोलीले पक्राउ गरेको सशस्त्र प्रहरी बल ३४ नम्बर गणका सूचना अधिकारी डीएसपी धिरेन्द्र शाहले गोप्य सूचनाका आधारमा उनलाई पक्राउ गरिएको बताए

गुप्तालाई कारबाहीका लागि कैलाली प्रहरीको जिम्मा लगाइएको शाहले बताए