धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

प्राबिधिक शिक्षक संघको प्रदेश अध्यक्षमा लोकराज भट्ट

प्राबिधिक शिक्षक संघको प्रदेश अध्यक्षमा लोकराज भट्ट

धनगढी । प्राबिधिक शिक्षक संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा धनगढी नमूना प्राबिधिक माबिमा कार्यरत शिक्षक इन्जिनियर लोकराज भट्ट चयन भएका छन् ।

आइतबार भएको संघको प्रदेश अधिवेसन तथा कार्यसमिति गठन भेलाले भट्टको अध्यक्षतामा ९ सदसस्यीय कार्यसमिति चयन गरेको हो ।

प्रदेश समितिको उपाध्यक्षमा दिनेश खनाल, महासचिवमा ललित सिंह साउँद, सचिवमा इन्जिनियर प्रकाश कुवर र कोषाध्यक्षमा हरि विनोद चन्द चयन भएका छन् ।

सयैगरी नयाँ कार्यसमितिको सदस्यमा डम्बर बहादुर नेपाली, मीन बहादुर धामी, प्रकाश बुढा र शंकर साउद चयन भएका छन् । 

प्राबिधिक शिक्षक संघले ६ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ ।

सल्लाहकार समितिमा केसबराज अवस्थी, खगेन्द्र जैसि, पवन कडायत, रोशन कुमार पन्त, माधव प्रसाद जोशी र बिरेन्द कुमार पन्त चयन भएका छन् । समिति चयन अघि भएको उद्घाटन कार्यक्रम केशवराज अवस्थीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्राबिधिक शिक्षक संघ (टट) को केन्द्रिय समिति २०७३ सालमा गठन भएको थियो । समितिले सामुदायिक बिधालयमा प्राबिधिक धार तर्फ (कक्षा ९ देखि कक्षा १२) कार्यक्रममा अध्यापनरत प्राबिधिक शिक्षकहरुको हकहितका लागि निरन्तर काम गर्दै आएको छ ।


ट्रेन्डिङ