धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

गुणस्तर र बिद्यार्थी संख्यामा फड्को मार्दै ग्यालेक्सी स्कुल

गुणस्तर र बिद्यार्थी संख्यामा फड्को मार्दै ग्यालेक्सी स्कुल

धनगढी । नया टीमले संचालन शुरु गरेको छ बर्षमै ग्यालेक्सी माध्यमिक बिद्यालयले गुणस्तर र  बिद्याथी संख्यामा फड्को मारेको छ ।  “शैक्षिक गुणस्तर र बिद्यार्थी संख्या दुवैमा ग्योलेक्सीले छोटो समयमै राम्रो प्रगति गरेको छ ।” ग्यालेक्सी माविका अध्यक्ष मोहनराज भट्टले भने   “शैक्षिक क्षेत्रमा अनुभवी र दक्ष टीमले संचालन गरेका कारण यो सम्भव भएको हो ।”

ग्यालेक्सीकी नितु बिष्टले यस बर्षको एसइइको परिक्षामा चार जीपीए प्राप्त गरेकी छन् । बिष्टले प्राप्त गरेको जीपीए बुटवल भन्दा पश्चिममा सबै भन्दा बढी रहेको  छ ।  ग्यालेक्सीका ५ जना बिद्यार्थीले ३.६ देखि ४ जीपीए, १४ बिद्यार्थीले ३.२ देखि ३.५९ जीपीए, २२ जनाले २.८ देखि ३.१९ जीपीए प्राप्त गरेका छन् ।

यसअघि  कक्षा १२ को बिज्ञानमा पनि ग्यालेक्सीका बिद्यार्थीले सुदुरपश्चिममा नै सबै भन्दा बढी अंक प्राप्त गरेको ग्यालेक्सीका प्राचार्य छत्रराज पण्डित बताउँछन् ।

बिद्यालयमा बिद्यार्थी केन्द्रित पढाई र बिद्यार्थीको अवस्था हेरेर शिक्षण गरिने भएकोले ग्यालेक्सीले  उत्कृष्ट नतिजा ल्याइरहेको प्राचार्य पडित बताउँछन् ।

 ग्यालेक्सी स्कुल २०७४ मा अहिलेको नयाँ टीमले संचालन  गर्न शुरु गरेको हो । नया टीमले बिद्यालय लिंदा ५ शय ५८ रहेको बिद्यार्थी संख्या अहिले बढेर १ हजार ५ शय ५० पुगेको छ । प्राचार्य पण्डित भन्छन् “बिद्यार्थीमैत्री व्यवहार गर्छौ, त्यसैले  एसइइ र कक्षा ११, १२ मा उत्कृष्ठ नतिजा आइरहेको छ ।  बिद्यार्थी पनि बढेका छन् ।”

ग्यालेक्सी माविले कक्षा ११ र १२ मा व्यवस्थापन समुह र बिज्ञान समुहका बिषयहरु अध्ययापन गराउदै आएको छ ।  प्राचार्य पडितका अनुसार बिद्यार्थीहरुका लागि प्रयोगशाला र अतिरिक्त कक्षाहरुको व्यवस्था रहेको छ ।  कक्षा ११ र १२ का बिद्यार्थीहरुलाई मेरिटका आधारमा छात्रबृत्ति पनि दिइने गरेको प्राचार्य पण्डित बताउँछन् ।

ग्यालेक्सी माविका सहायक प्राचार्य उपेन्द्र सुवेदीले बिद्यार्थीको सिकाईल उपलव्धि बढाउन र सिकेका कुराहरु लेख्न सक्ने बनाउन अभ्यास गराउने गरेको बताए ।

 जीवन जैशी र इन्दिरा जैसीले स्थापना गरेको ग्यालेक्सी मावि छ बर्षअघिदेखि नास्टमा अध्यापन गरेका अनुभवीहरुको टीमले संचालन गर्दै आइरहेको छ ।  सोही टीमले आगामी भदौदेखि धनगढीमा  स्नातक तहको  कलेज प िनसंचालन गर्न गइरहेको छ ।

 अध्यक्ष भट्टका अनुसार ग्यालेक्स्ीको टीम र केही बाहिरका शिक्षण पेशमा संलग्न रहेकाहरुको टीम मिलेर त्रिभुवन बिश्वबिद्यालयको सम्वन्धनमा स्नातक तहको ब्यवस्थापनको पढाई  हुने ग्यालेक्सी कलेज संचालन गर्न गइरहेको छ ।

 


ट्रेन्डिङ