धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कोराना बारे सचेतना फैलाउन धनगढीमा प्रहरीको र्याली

कोराना बारे सचेतना फैलाउन धनगढीमा प्रहरीको र्याली

 

धनगढी

       विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस रोगबाट बच्नका लागि अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी दिन नेपाल प्रहरीले धगढी बजारमा र्याली सहित प्रदर्शन गरेको छ ।

नागरिकले कोरोनाबाट कसरी सावधानी अपनाउने भन्ने कुराको हाल सम्म पनि प्रयाप्त जानकारी नपाएका कारण र्यालीको आयोजना गर्दै रोगबाट बच्ने उपयका बारेमा जानकारी गराइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए ।

र्यालीमा ‘कोरोना संक्रमणबाट बच्न अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कने, निस्कनै परे अनिवार्य मास्क लगाउने, भिडभाडमा नजाने, अर्को मानिसबाट कम्तिमा दुई मिटरको दुरीमा बसेर काम गर्ने, पटक–पटक साबुन पानी वा सेनिटाइजरको प्रयोग गरेर हात सफा गर्ने, हाच्छयु गर्दा कुहिनोले नाक छोप्ने’ जस्ता सूचनामुलक पम्प्लेट समातेर तथा माइकिङ गरेर प्रहरीले जनतेचना मुलक सन्देश प्रवाह गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीको गेटबाट सुरु भएको र्याली शहिद गेट चटकपुरमा समापन गरिएको छ ।


ट्रेन्डिङ