धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

हाइड्रोको सामान बोकेको जीप सेतीमा खस्यो, चालह हामफालेर बाच्न सफल

हाइड्रोको सामान बोकेको जीप सेतीमा खस्यो, चालह हामफालेर बाच्न सफल

धनगढी । तल्कोट गाउँपालिका–१ भाटगाउँमा जीप दुर्घटना भएको छ । मंगलबार अपराह्नतिर सदरमुकाम चैनपुरबाट हाइड्रोपावरको तेल बोकेर गएको जीप सडकबाट सेती नदीमा खसेको हो ।

प्रहरी निरीक्षक रमेशदत्त अवस्थी अनुसार जीप दुर्घटना भएको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक जनक ढुंगानाको टोली घटनास्थलतर्फ पठाइएको थियो । ‘जीपमा एक जना मात्रै चालक थिए भन्ने छ,’ अवस्थीले भने, ‘चालकले हाम फालेर ज्यान जोगाएको र जीप सडकबाट करिब दुई सय मिटर तल नदीमा खसेको जानकारी आएको छ ।’


ट्रेन्डिङ