धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

प्रोटेक्टिभ माईक्रो इन्स्योरेन्सद्धारा सुदुरपश्चिममा कारोवार शुरु

प्रोटेक्टिभ माईक्रो इन्स्योरेन्सद्धारा सुदुरपश्चिममा कारोवार शुरु

धनगढी । प्रोटेक्टिभ माईक्रो इन्स्योरेन्स लिमिटेडको मुय कार्यालय सुदुरपश्चिमको राजधान धनगढीमा स्थापना गरिएको छ । बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले कार्यालयको मुख्य कार्यालयको उद्घाटन गरेर प्रोटेक्टिभको कारोवारको शुभारम्भ गरेका छन् ।

सो अवसरमा  कार्यकारी निर्देशक पौडेलले लघु बीमाहरुले बीमाको पहुच  सबै पालिकामा पुरयाउनु र निम्न आय भएका व्यक्तिहरुलाई पनि बीमामा जोड्नु पर्ने बताए ।

बीमा कम्पनीहरुले निम्न बर्गका व्यक्तिहरुलाई बीमामा नसमेटेको र सीमित क्षेत्रमा मात्र कारोवार गरेकाले लघु बीमा आवश्यक परेको भन्दै पौडेलले लघु बीमाहरुले निम्न आय बर्गका व्यक्तिहरुलाई पनि समेटेर लैजानु  पर्ने बताए ।

 पौडेलले प्रविधिका उच्चतम प्रयोग गर्न र दावी भुक्तानीलाई सरल    र सहज बनाउन आग्रह गरे । सहज दावी भुक्तानीले बीमाप्रति ग्राहकको बिश्वास बढेर जाने उनले बताए ।

 सबै बर्गका व्यक्तिहरुको जोखिम सुरक्षाका लागि सात लघुबिमा शुरु गर्न  शुरु लागिएको र अहिलेसम्म चार प्रदेशमा लघु बिमा सस्थाले कारोवार शुरु गरिसकेको पौडेलले बताए ।

 प्रोटेक्टिभ लघु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नरेश रोकाले  कमजोर अािर्थक अवस्थाका व्यक्तिहरुलाई पनि बीमामा समेटेर लैजाने उदेश्य रहेको बताए । मुल्य अभिबृद्धि कर नजोडिएकोले प्रिमियिम पनि सस्तो रहेको उल्लेख गर्दै रोकाले २१ दिनभित्र दावी भुक्तानी दिने व्यवस्था मिलाउन लगेको बताए ।

 भौगोलिक रुपमा बिकट  क्षेत्र रहे पनि सरल, सहज र छिटो सेवा प्रदान गर्ने उदेश्य रहेको रोकाले बताए ।

 सुदुरपश्चिम प्रदेश स्वरोजगार कोषका कार्यकारी निर्देशक चुडामणि तिम्सिनाले  सानो कारोवार गरिरहेका व्यक्तिहरुलाई पनि सामान र उत्पादनको सुरक्षा चाहिने उल्लेख गर्दै लघु बीमाले त्यस्ता व्यक्तिहरुलाई समेट्नु पर्ने बताए ।

स्वरोजगार कोषले सहयोग गरेको  सहकारीका सदस्यहरुलाई पनि बीमामा समेटेर सुरक्षा प्रदान गर्ने कार्य आफुहरुले अघि बढाउँदै गएको  तिम्सिनाले बताए ।

कृषि बिकास बैंकका प्रदिप जोशी, लघु इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत   बिश्वजंग थापा श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।  कार्यक्रम लघु बीमाका कार्यकारी निर्देशक रोकाको अध्यक्षतामा  भएको हो ।


ट्रेन्डिङ