धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलालीमा डेंगीको लार्भा नष्ट अभियान शुरु

कैलालीमा डेंगीको लार्भा नष्ट अभियान शुरु

धनगढी ।  डेंगी रोग लाग्न नदिन कैलाली जिल्लामा लार्भा नष्ट अभियान शुरु गरिएको छ । अभियान अन्तर्गत  घर र कार्यालय नजीक पानी जम्न नदिन फोहर र पानी जम्ने  सामानह? हटाउन थालिएको छ ।

 अभियान अन्तर्गत शुक्रवार धनगढीका कार्यालयहरु वडा नम्बर २ मा सरसिफाई गरिएको छ ।  डेंगीको जोखिम कम गर्न स्थानीय वासिन्दाको समेत सहभागितामा  जिल्लाभरि पालिकाहरुले र स्वास्थ्य कार्यालयह?ले लार्भा नष्ट अभियान संचालन गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामीले बताए ।  “डेंगी लाग्न नदिने उपाय भनेकै डेंगी बस्ने ठाउ बन्न नदिनु हो ।” जिल्ला स्वास्थ्य प्रमुख धामीले भने “त्यसैले  स्वास्थ्यकर्मीहरुको अग्रसरतामा जनप्रतिनिधिहरु र स्थानीय वासिन्दाको सहभागितामा लार्भा बन्नै नदिन सरसफाई अभियान जिल्लाभरि चलिरहेको छ ।”

 सरकारले डेंगीको जोखिम हुन नदिन  देशभरि नै डेंगी नियन्त्रण अभियान शुरु गरेको छ ।   कार्यालयह?मा दश बजे दश मिनेट अभियान शुरु गरिएको छ । यस अभियान अन्तर्गत कर्मचारीहरुले हरेक दिन दश बजे कार्यालय परिसर र आसपासमा डेंगी बस्न सक्ने सम्भावना रहेका  पानी जम्ने ठाउ  हटाउने र सरसफाई गर्ने गर्दछन् ।  शुक्रवार जिल्ला स्वास्थ्य कार्यालय,  कोभिड अस्पताल सहितका सरकारी कार्यालय र वडा नम्बर २ मा सरसपफाई गरिएको थियो ।

 गत बर्ष कैलाली जिल्लामा  ४ शय ५४ जनामा डेंगी लागेको थियो ।  गत बर्ष धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, घोडाघोडी नगरपालिका र लम्कीचुहाक नगरपालिकामा डेंगीका बिरामी बढी देखिएका थिए ।

 लम्कीचुहा नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले डेंगी रोग हुन नदिन पालिकामा अहिले नै अभियान शुरु गरिएको बताइन् ।   “हामीले डेंगीको जोखिम कम गर्न  पालिकाका सबै वडाह?मा लार्भा नष्ट गर्ने अभियान शुरु गरिसकेका छौं  ।” बिसीले भनिन् “स्वास्थ्य कर्मीको अगुवाइमा जनप्रतिनिधि, महिला स्वयमसेविका र समुदायको यसमा सक्रिय सहभागिता रहेको छ ।”

घोडाघोडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जगदिश कुश्मीले  सबै वडामा लार्भा नष्ट अभियान शुरु गरिएको बताए । स्वास्थ्यकर्मी र जनप्रतिनिधिको  अग्रसरतामा अभियान शुरु गरिए पनि अभियानलाई सामुदायिक  बन उपभोक्ता समुह र बिद्यालयहरु मार्फत समुदायमा  लैजान लागिएको कुश्मीले बताए । 

 


ट्रेन्डिङ