धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

गाईको छालासहित कञ्चनपुरबाट दुई जना पक्राउ

गाईको छालासहित कञ्चनपुरबाट दुई जना पक्राउ

धनगढी । कञ्चनपुरमा गाई र गोरुको छालासहित दुई जना पक्राउ परेका छन् । कञ्चनपुरको  पुनर्वास नगरपालिका–३ का ५२ वर्षीय डेने तामाङ्ग र सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका–४ जागिर यमुनाका ४० वर्षीय सन्तोषकुमार खड्कालाई छालासहित सोमवार प्रहरीले पक्राउ गरेको हो ।

कञ्चनपुरबाट काठमाडौँ जाँदै गरेको सु।प।प्र ०२–००१ ख ११०८ नम्बरको बसबाट १५० पिस गाई–गोरुको छालासहित दुबै जना पक्राउ परेका हुन् । जिल्ला अदालतबाट थप म्याद लिई उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


ट्रेन्डिङ