धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सुदूरपश्चिममा २४ घण्टामा थपिए ६ संक्रमित

सुदूरपश्चिममा २४ घण्टामा थपिए ६ संक्रमित

धनगढी,

 सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टाको अवधीमा ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

 स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार सुदूरपश्चिममा थपिएका मध्य कैलालीका २, डडेलधुराका २, बझाङका १ र दार्चुलाका १ जना रहेका छन् ।

 २४ घण्टामा सेती अस्पतालमा गरिएको परिक्षणमा कैलालीको मोहन्याल र कैलालरी गाउँपालिकाका १–१ जना तथा डडेलधुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा बझाङका १ र डडेलधुराका २ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डाक्टर जागेश्व गौतमले बताए ।


ट्रेन्डिङ