धनगढी पोष्ट बुधबार, १४ साउन २०८३   July 29, 2026

भजनीमा मात्रै दुई हजार भन्दा बढी परिवार प्रभावित

भजनीमा मात्रै दुई हजार भन्दा बढी परिवार प्रभावित

धनगढी सोमबार मंगलबार भएको अविरल बर्षापछि कैलालीमा करिव साढे तीन हजार घरधुरी प्रभावित भएका छन्

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार कैलालीका १३ मध्य ११ पालिकामा बर्षाका कारण आएको बाढीबाट नागरिक प्रभावित भएका छन् ११ पालिकामा तीन हजार चार सय १३ परिवार विस्थापित भएका जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए

सूचना अधिकारी जोशीका अनुसार बाढीका कारण कैलालीको भजनीमा सवैभन्दा बढी परिवार प्रभावित भएका छन् भजनीका दुई हजार तीन सय ४२ परिवार प्रभावित भएका सूचना अधिकारी जोशीले बताए त्यसैगरी टीकापुर नगरपालिकाका तीन सय ८१, जानकी गाउँपालिकाका दुई सय ७५ परिवार, जोशीपुर गाउँपालिकाका दुई सय १० परिवार, कैलारी गाउँपालिकाका एक सय ५५ परिवार, धनगढी उप महानगरपालिकाका ४३ गोदावरीका घरधुरी बाढीका कारण प्रभावित भएका सूचना अधिकारी जोशीले बताए