धनगढी । सुदूरपश्चिम प्रदेशमा सोमबार सम्म मध्यम देखि अति भारी बर्षा हुन सक्ने भनदै मौसम विदले सावधानी अपनाउन अनुरोध गरेका छन् ।
मनसुनी प्रणाली सक्रिय भएका कारण तराई देखि पडाही क्षेत्रमा शनिबार राती देखि सोमबार सम्म बर्षा हुने अनुमान गरिएको मोसनविद वरुण पौडेलले बताए । उनका अनुसार प्रदेशका थोरै स्थानमा अति भारी बर्षा हुन सक्ने देखिएको छ । अति भारी बर्षा हुँदा खोलानालमा आकस्मिक बाढी आउने, पहिरो जाने हुन सक्ने भन्दै उनले यो अवधिमा सचेत रहन अपिल गरेका छन् ।
मौसमविद पौडेलका अनुसार आगामी तीन दिन प्रदेशका अधिकांस स्थानमा मध्यम देखि भारी बर्षा हुने अनुमान गरिएको छ । बर्षाका कारण नदी तटिय क्षेत्रमा पाढी र पहिरोको जोखिम बढ्ने उनले बताए ।
मौसम विदले १० मिलिमिटर सम्म बर्षा भएमा त्यसलाई सामान्य बर्षा भन्ने गरेका छन् । १० देखि ५० मिलिमिटर बर्षा हुँदा मध्यम, ५० मिलिमिटर देखि १ सय मिलिमिटर बर्षा हुँदा भारी बर्षा भएको मानिने गरिएको छ । त्यसैगरी एक सय देखि दुई सय मिलिमिटर बर्षा भएमा त्यसलाई धेरै भारी बर्षा भएको मानिन्छ भने दुई सय मिलिमिटर भन्दा बढी बर्षा कुनै स्थानमा भएमा तयसलाई अति भारी बर्षा मान्न सकिन्छ । अति भारी बर्षा सवै स्थानमा हुँदैन ।
मनसुनको न्यून चापिय रेखा नेपालमा सरेपछि सुदूरपश्चिम प्रदेश लगायत देश भर बर्षा भइरहेको मौसमविद पौडेलले बताए । शनिबार राती देखि भने देशका अन्य प्रदेशको तुलानामा सुदूरपश्चिम प्रदेशमा बर्षाको सम्भावना धेरै रहेको उनले बताए ।