धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

पहाडी जिल्लामा पेट्रोलिमय पदार्थको अभाव

पहाडी जिल्लामा पेट्रोलिमय पदार्थको अभाव

धनगढी । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा पेट्रोलिमय पदार्थको अभाव भएको छ । प्रदेशको पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग विगत एक सातादेखि अवरुद्ध हुँदा सात पहाडी जिल्लामा पेट्रोलिमय पदार्थको अभाव भएको हो ।

पहिरोका कारण कैलालीको गोदावरी नगरपालिका–४, बुढीतोला क्षेत्रको सडकखण्ड अवरुद्ध भएपछि पहाडी जिल्लामा डिजेल, पेट्रोल र एलपी ग्यासको अभाव भएको बताइएको छ । साउन २३ गते बिहान खसेको पहिरोले सडक अवरुद्ध हुनका साथै भासिएको छ । सडक अवरुद्ध भएको पाँच दिनपछि शनिबार मात्रै ट्र्याक खोलिए पनि हिलाम्मे सडकमा यातायात सेवा सञ्चालन हुन सकेको छैन ।

तराईबाट पहाडी जिल्लामा पेट्रोलिमय पदार्थ ढुवानी गर्न सकिएको छैन् । विभिन्न जिल्लाका पेट्रोल पम्पहरू रित्तिन थालेका छन् । त्यस्तै तरकारी पनि बजारमा लैजाने नसक्दा बारीमा नै कुहिएको छ । तराई र पहाड जोड्ने मुख्य राजमार्ग एक सातासम्म अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तु तथा अन्य सामग्री ढुवानीमा पनि समस्या भएको व्यवसायीले बताएका छन् ।


ट्रेन्डिङ