धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

नदीले कटानले जोखिममा पर्दै लालझाडी–३ को वस्ती

नदीले कटानले जोखिममा पर्दै लालझाडी–३ को वस्ती

धनगढी । लालझाडी गाउँपालिका–३ मा दोदा नदीले धार परिवर्तन गरी जग्गा कटान तीव्र बनाएको छ । नदी बस्तीतर्फ सोझिन थालेपछि स्थानीय बासिन्दा निकै चिन्तित भएका छन् ।

दैनिक नदीको पानीले तीन बिघाभन्दा बढी जग्गा कटान गरी बगरमा परिणत गरिरहेको त्यहाँका वडाध्यक्ष टीकाराम चौधरीले बताए ।

‘विसं २०६५ अघि बग्दै आएको ठाउँमा नदी बग्न थालेको छ’, उनले भने, ‘नदीमा पानीको बहाव उच्च हुँदा जग्गा कटान तीव्र बनाएको छ ।’ उनका अनुसार हालसम्म सार्वजनिक र निजी गरी ३० बिघा जग्गा नदीले कटान गरेर बगाएको छ । नदी रोकथामका लागि स्थानीय बासिन्दाले विगतमा दातृ निकायको सहकार्यमा जैविक तटबन्ध निर्माण गरी घाँस रोपेका थिए । घाँस रोपेपछि नदीको कटान रोकिँदै आएको थियो । हाल नदीले घाँस रोपेको क्षेत्रमा पनि कटान गरी क्षति पुर्याएको वडाध्यक्ष चौधरीले बताए ।


ट्रेन्डिङ