धनगढी पोष्ट शुक्रबार, ०६ चैत २०८२   March 20, 2026

अनुमति लगेर शिक्षण गरेको मिश्रको दावि

अनुमति लगेर शिक्षण गरेको मिश्रको दावि

धनगढी गोदावरी नगरपालिका गेटा स्थित सरस्वति मावि धनगढी१२ स्थित शारदा माविमा अध्यापन गराएर एउटै शिक्षकले दुई स्कुलमा नियुत्ती लगेको भन्ने समाचारको शिक्षक मोहन देव मिश्रले खण्डन गरेका छन् उनले शारदा माविमा अनुमति लगेर मात्रै अध्यापन गराएको दावि समेत गरेका छन् तर हाल शारदा माविमा व्यक्तिगत कारणले पठनपाठन गराउन छोडेको उनले बताएका छन्

आफुले सरस्वति माविमा विहानको सिफ्टमा अध्यापन गराउने गरेको दिउँसोको खाली समयमा जिल्ला शिक्षा विकास तथा समन्वय इकाईबाट अनुमति लगेर आंसिक अध्यापन गराउने गरेको भएपनि व्यक्तिगत कारणले शारदा मावि छोडेको उनले बताएका छन् धनगढी पोष्ट न्युज अनलाईनमा प्रकाशित साउन ११ गतेको समाचार प्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै शिक्षक मिश्रले भनेका छन्, ‘मैले शारदा माविको शिक्षण छोडिसकेको व्यहोरा जानकारी गराइन्छ, मेरो दोहोरो नियुत्ती होइन


ट्रेन्डिङ