धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

नगरप्रमुख हमालद्वारा विद्यालय सुधरका लागि करिव १० लाख सहयोग

नगरप्रमुख हमालद्वारा विद्यालय सुधरका लागि करिव १० लाख सहयोग

धनगढी । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले नगरको शैक्षिक सुधारका लागि करिव १० लाख बराबरको शैक्षिक सामग्री सहयोग गरेका छन् ।

नगर प्रमुख हमालले आफुले पाएको सेवा सुविधा र पारिश्रमिकको रकम बाट ८ कक्षाको परिक्षामा शुन्य नतिजा ल्याउने धनगढीका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि शैक्षिक सामग्री सहयोग गरेका हुन् ।

धनगढी उप महानगरपालिकाका १७ वटा सामुदायिक विद्यालयको २०७९ मा सम्पन्न कक्षा ८ को परिक्षामा नतिजा शुन्य आएको थियो । ती सामुदायिक विद्यालयको शैक्षिक सुधारमा सहयोग गर्ने भन्दै नगरप्रमुख हमालले बिहीबार ९ लाख ९२ हजार ६ सय २० रुपैंया बराबरको शैक्षिक सामग्री तीन हजार ४ सय ८९ जना विद्यार्थीलाई वितरण गरेका हुन् ।

सो शैक्षिक सामग्री सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक र जनप्रतिनीधिको रोहबरमा वितरण गरिएको हो ।

चुनावकै समयमा नगर प्रमुख हमालले आफुले पाउने कुनै पनि सेवा सुविधा नलग्ने घोषणा गरेका थिए । नगर प्रमुख हमालले आफुले गरेको घोषणा अुनुसार हाल सम्म उप महानगरबाट कुनै पनि सेवा सुविधा लगेका छैनन् । उनले आफ्नै निजी सवारी प्रयोग गर्दै आएका छन्, भने नगरप्रमुखले पाउने सुवा सुविधावाफतको रकम सामाजिक काममा खर्च गर्दै आएका छन् ।


ट्रेन्डिङ