धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

ब्यासमा देखियो डेंगु सार्ने लामखुट्टे

ब्यासमा देखियो डेंगु सार्ने लामखुट्टे

धनगढी उच्च पहाडी तथा हिमाली क्षेत्र रहेको दार्चुलाको व्यासमा समेत डैंगु रोग सार्ने लामखुट्टे फेला परेको

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका किटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले भने, ‘दार्चुलाको ब्यासमा पनि डेंगु सार्ने लामखुट्टे फेला परेको दार्चुलामा प्रदेशकै बढी सङ्क्रमित पनि भेटिएका छन्

पहाडमा पनि डेंगु सङ्क्रमण बढ्दै गएको सङ्क्रमितलाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए   उनले भने, यहाँ पनि डेंगु सङ्क्रमण बढेको सबैले सचेत रहन आवश्यक

डेंगु भएका उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिडौलाको मासु दुख्ने आदि डेंगुका लक्षण देखापर्ने गर्दछन् यसका साथै गम्भीर प्रकृतिको डेंगु सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, श्वास फेर्न गाह्रो हुने, पेटखुट्टा सुन्निनेजस्ता लक्षण देखापर्ने निर्देशनालयले जनाएको