धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

स्वस्तिकले १२ प्रकारका रोग देखायो, अर्को अस्पतालमा जचाउँदा जंण्डिस मात्रै

स्वस्तिकले १२ प्रकारका रोग देखायो, अर्को अस्पतालमा जचाउँदा जंण्डिस मात्रै

धनगढी । धनगढी–३ स्थित स्वस्तिक अस्पतालले विरामीको स्वास्थ्यमाथी गम्भिर खेलजाड गर्ने गरेको पाइएको छ ।

आर्थिक भार बढाउने मात्र नभई हुँदै नभएका रोगको नाम लगेर विरामी र विरामीका आफन्तलाई तर्साउने काम समेत स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा=लि धनगढीले गर्नेगरेको आफन्तको गुनासो छ ।

‘भदौ ६ गते स्वास्थयमा समस्या भएपछि बहीनीलाई स्वस्तिकमा भर्ना गरेका थियौं,’ धनगढी–३ का कोषराज भट्टले भने, ‘त्यहाँ जंडिस, निमोनिया, पिसावमा संक्रमण, रगतमा संक्रमण, फोक्सोमा संक्रमण, कलेजोमा इन्फेक्सन, छातिमा दाग, मलेरिया, कालाजार र हेपाटाइटिसको संक्रमण भएको भन्दै डाक्टरले हामीलाई तर्साए, अर्को अस्पताल लग्दा जंडिस मात्र रहेछ ।’

डाक्टर गणेश फुलाराले बहिनिको स्वास्थ्य परिक्षण गरेको उनले बताए । अस्पतालले धेरै रोग देखाएर विरामी र आफन्तलाई चिन्ता बढाउने काम गरेको उनले बताए । ‘त्यहाँ तीन दिन सम्म राखेर डाक्टरले पैसा पनि धेरै लगे,’ उनले भने, ‘रोगिको उपचार पनि राम्ररी गरेनन् ।


ट्रेन्डिङ