धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

धनगढीको स्वस्तिक अस्पतालमा तनाव

धनगढीको स्वस्तिक अस्पतालमा तनाव

धनगढी । पथ्थरीको अप्रेसन गरेका विरामीको  मृत्यु भएपछि धनगढी–३ स्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा तनाव उत्पन्न भएको छ ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको चरम लापर्वाहीका कारण विरामीको मृत्यु भएको भन्दै पिडित परिवारले घटनाको सत्यतथ्य छानविन गरी दोसिलाई कडा कारवाहीको माग गर्दै अस्पताल घेराउ गरेका छन् । कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको पत्थरीको अप्रेसन पछि मृत्यु भएको हो । अस्पताल प्रशासनले विरामीको आज (सोमबार) मृत्यु भएको बताएको छ, भने पिडित परिवारले आइतबारनै विरामीको मृत्यु भएपनि अस्पतालले लुकाएको आरोप लगाएका छन् ।

मृगौलाको शल्यक्रिया गरेर १४ एमएम र साढे नौ एमएमको पत्थरी निकालिएको भए पनि शल्यक्रियामा गरिएको त्रुटिले बिरामीको ज्यान गएको भन्दै आफन्त आक्रोसित बनेका छन् । सो विषयमा स्वस्तिक अस्पताल प्रशासन र मृतकका आफन्तबिच छलफल भएपनि विना निष्कर्ष छलफल टुङ्गिएको हो । अहिले मृतकका आफन्त र शुभ चिन्तकले ६ लेन सडकमा आन्दोलन गरिरहेका छन् । अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा परिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक सन्तोष बस्यालले बताए । अस्पताल र पिडित पक्षविच अहिले फेरी छलफलमा बस्ने तयारी भइरहेको उनले बताए ।

 


ट्रेन्डिङ