धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कञ्चनपुरमा डेंगी संक्रमणका कारण एक जनाको मृत्यु

कञ्चनपुरमा डेंगी संक्रमणका कारण एक जनाको मृत्यु

धनगढी । कञ्चनपुरका डेंगी संक्रमणका कारण एक जना बिरामीको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार कञ्चनपुरको वेरौली नगरपालिकाका २८ वर्षीय हिक्मतबहादुर खत्रीको सोमबार धनगढीको नोभा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख जयसिंह बोहोराका अनुसार खत्री केही दिनअघि मात्रै भारतबाट घर आएका थिए । उनलाई ज्वरो आएपछि आइतबार धनगढीस्थित नोभा अस्पताल भर्ना गरिएको हो । सोमबार उपचारकै क्रममा मृत्यु भएको उनले बताए ।


ट्रेन्डिङ