धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बैतडीका एक दर्जन स्थानमा हेलिप्याड

बैतडीका एक दर्जन स्थानमा हेलिप्याड

धनगढी । बैतडीका एक दजैन स्थानमा हेलिप्याड निर्माण भएका छन् ।

विपद्को समयमा सहजै हेलिकोप्टर अवतरण गराउन तथा हेलिकोप्टरबाट उद्धारका लागि हेलिप्याड निर्माण गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । विपद् बेला आपत्कालीन उद्धारका लागि सहज होस् भनेर हेलिप्याड निर्माण गरिएको उनले बताए ।

मनसुन आपत्कालीन कार्ययोजना, २०८० अन्तर्गत सैनिक र गैरसैनिक गरेर १२ स्थानमा हेलिप्याड स्थापना गरिएका प्रमुख जिल्ला अधिकारी पन्थीले बताए ।

सदरमुकामस्थित हनुमानध्वज गुल्म गढी र टुँडिखेलमा सैनिक हेलिप्याड निर्माण गरिएका छन् । यस्तै पञ्चेश्वर गाउँपालिका–३ कुलाउ, सिगास गाउँपालिका–९ चौखाम, सिगास–७ कै शिवलिङ्ग, पुर्चौडी नगरपालिका–१ हाट, पुर्चौडी–५ कुवाकोट, पुर्चौडी–३ नकाली, पाटन नगरपालिका–४ पाटन, डिलाशैनी गाउँपालिका–३ लेक, सुर्नया गाउँपालिका–२ सिउडे र दोगडाकेदार गाउँपालिका–१ रिममा गैरसैनिक हेलिप्याड निर्माण गरिएका हुन् ।


ट्रेन्डिङ