धनगढी पोष्ट शुक्रबार, ०६ चैत २०८२   March 20, 2026

चाँड पर्वलाई लक्षित गरेर १५ टोलीले बजार अनुगमन गर्ने

चाँड पर्वलाई लक्षित गरेर १५ टोलीले बजार अनुगमन गर्ने

धनगढी । दशै, तिहार, छठ जस्ता ठुला पर्वलाई लक्षित गरेर १५ वटा सरकारी तथा गैर सरकारी निकायले बजार अनुगमन गर्ने तयारी गरिएको

चाडबाडले बजारलाई चलायमान बनाए पनि त्यस समयमा हुने कालोबजारीलाई नियन्त्रण गर्न यस पटक सरकारले अनुगमनलाई प्रभावकारी बनाउन लागेको हो

दसैं तिहार आउन करिब डेढ महिना बाँकी छँदा चाडबाडलाई लक्ष्य गर्दै अनुगमनलाई तीव्र बनाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीसमेत माग गरिएको   वाणिज्य विभागका अनुसार यस वर्ष कम्तीमा १० टोलीबाट बजार अनुगमन हुनेछ सबै नियमनकारी निकायसँगको सहकार्यमा अनुगमन टोलीको संख्या १५ सम्म पु¥याइने विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले बताए १० टोली खटाउन कम्तीमा ३० जना कर्मचारी चाहिन्छ, विभागमा १०÷१२ जना मात्रै छन्, उनले भने, ‘थप कर्मचारीका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरिरहेका छौं

सबै निकायसँगको छलफलपछि संयुक्त बजार अनुगमनलाई तीव्रता दिइने उनले बताए विभागले बढी चहलपहल हुने क्षेत्र खाद्य, मिठाई, मासु, दूध, लत्ताकपडा, ड्राइफुड, राजमार्गका होटललगायत सबै क्षेत्रमा अनुगमन हुने जनाएको


ट्रेन्डिङ