धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

धनगढीमा नक्कली मह बनाई रहेका भारतीय नागरिक पक्राउ

धनगढीमा नक्कली मह बनाई रहेका भारतीय नागरिक पक्राउ

 

धनगढी । धनगढीबाट नक्कली मह बनाई रहेका एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेका छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर २ फनपार्क स्थित रमेशकुमार सैजुको कच्ची टहरामा भाडामा बस्दै आएका भारतीय नागरिक मोहम्मद साहरीको छोरा ३० वर्षीय जुमाइदिन अन्सारीले चिनी पगालेर मह भन्दै बिक्रीका लागि राखेको नक्कली मह बरामद गरिएको प्रहरीले जनाएको छ ।

भारत उत्तर प्रदेश जिल्ला बस्ती पो.औ.देवापार थानानगर, ग्राम बकसर स्थायी घर भएका अन्सारीलाई आइतबार दिउँसो नक्कली महसहित पक्राउ गरेको हो । प्लाष्टिकको डिब्बामा प्याक गरी राखेको पगालेको चिनीको रस ४ सय किलो, बिना महको माहुरीको चाका ५ किलो, कुट दुई किलो, एक थान कडाई र चिनी ५० किलो बरामद गरिएको प्रहरीले जनाएको छ ।

अखाद्य सामग्री उत्पादन तथा विक्रीवितरणमा संलग्न रहेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी, वाणिज्य कार्यालय, धनगढी उप–महानगरपालिकाबाट समेत खटिएको संयुक्त टोलीले आवश्यक बारबाहीका लागि जुमाइदिन अन्सारीलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले नियन्त्रणमा लिएको छ । प्रहरीले सो सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।


ट्रेन्डिङ