धनगढी पोष्ट बुधबार, १४ साउन २०८३   July 29, 2026

श्रोत नखुलेको २६ लाख रकम सहित कर अधिकृत पक्राउ

श्रोत नखुलेको २६ लाख रकम सहित कर अधिकृत पक्राउ

धनगढी आन्तरिक राजस्व कार्यालय तुलसीपुरका कर अधिकृत सापकोटालाई प्रहरीले नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको २६ लाख रुपैयाँसहित पक्राउ गरेको नेपालगञ्जबाट श्री एयरलाइन्सको जहाजमार्फत् काठमाडौं जान लागेका उनलाई सोमबार बिहान साढे बजे विमानस्थलबाट पक्राउ गरिएको बाँकेका एसपी सन्तोषसिंह राठौरले जानकारी दिए

विमानस्थलमा चेकजाँचको क्रममा उनको साथबाट स्रोत नखुलेको २६ लाख रुपैयाँ बरामद गरिएको एसपी राठौरले जानकारी दिए उनलाई  थप अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगञ्जमा बुझाइएको कर अधिकृत साप्कोटा संगै आएका अर्का व्यक्ति भने फरार रहेका छन् उनको खोजिकार्य भइरहेको प्रहरीले जनाएको