धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

विद्यार्थीलाई दर खुवाइयो

विद्यार्थीलाई दर खुवाइयो

धनगढी । गोदावरी नगरपालिका स्थित सुप समावेसि आधारभुत विद्यालयका छात्रालाई तिजको दर खुवाइएको छ ।

आमा बुवाको माया पाउनबाट वञ्चित हुने अवस्था आउन नदिन लायन्स क्लव धनगढी महिला समुहले विद्यालयका ७० जना विद्यार्थीलाई तिजको दर अुवाएर एक आपसमा रमाइलो साटाँसाट गरेका हुन् ।

भड्किलो सैलिमा तिज मनाउन भन्दा बालबालिकासंग तिज मनाएर उनिहरुको हौसला बढाउन समावेसि विद्यालयमा रहेका अपाङ्गता भएका बालबालिका संग तिज मनाइएको आयोजकले जनाएको छ ।

लायन्स क्लब अफ धनगढीकि अध्यक्ष गिता चन्द को सभापति मा भएको दर खुवाउने कार्यक्रममा क्लवकी पुर्ब अध्यक्ष मिरा आचार्य  र शारदा रेग्मी लगायत क्लववका सदस्यहरुको उपस्थिति  रहेको थियो ।


ट्रेन्डिङ