धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

एलपिएल ८ मा हभागि हुने सवै टोलीको टुङ्गो

एलपिएल ८ मा हभागि हुने सवै टोलीको टुङ्गो

धनगढी । लिटल फ्लावर प्रीमियर लिग (एलपिएल ८) सिनियर टी २० क्रीकेट प्रतियोगितामा सहभागी हुने १६ टिमको टुंगो लागेको छ ।
आयोजक लिटल फ्लावर स्पोर्ट्स क्लब र सहआयोजक लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सले प्रतियोगितामा सहभागी हुने १६ वटा टिमहरुको नामावली प्रकाशन गरेसङ्गै प्रतियोगितामा सहभागी हुने १६ वटा क्रीकेट टिमहरुको टुंगो लागेको हो ।
प्रतियोगिताको आठौं संस्करणमा क्रीकेट एक्सिलेन्स सेन्टर बालुवाटार, काठमाडौ, गरुडा नगरपालिका रौतहट, लिटल एन्जल्स बोर्डिङ स्कुल भालुवाङ्ग दाङ, शुक्लाफाटा ब्ल्याकबक्स फाउन्डेसन कंचनपुर, जे एस स्पोर्ट्स सुपर स्टार कंचनपुर, खप्तड इन्डोर स्पोर्ट्स सेन्टर महेन्द्रनगर कंचनपुर, युथ अफ टिकापुर टिकापुर कैलाली रहेका छन् ।
यसैगरी घोडाघोडी क्रीकेट एकेडेमी सुख्ख्ड, कैलाली, सत्यवती क्रीकेट एकेडेमी अत्तरीया कैलाली, कैलाली बहुमुखी क्याम्पस धनगढी कैलाली, सुदुरपश्चिमान्चल क्याम्पस एसपिए धनगढी कैलाली रहेका छन । 
प्रतियोगितामा सहभागी अन्य टिमहरुमा लिटल फ्लावर बोर्डिङ हाईस्कुल धनगढी कैलाली, कैलाली जिल्ला क्रीकेट क्लब धनगढी कैलाली, धनगढी स्पोर्ट्स क्लब बोराडाडी धनगढी कैलाली, धनगढी क्रीकेट एकेडेमी धनगढी कैलाली र शारदा माद्यमिक विद्यालय बैयाबेहेडी धनगढी रहेका छन् ।
प्रतियोगिता मंसिरको पहिलो हप्तादेखि धनगढी स्थित फाप्ला क्रीकेट मैदानमा आयोजना हुनेछ । प्रतियोगिताको बिजेताले २ लाख ५५ हजार ५ सय ५५ हजार तथा उपबिजेताले १ लाख २८ हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।