धनगढी पोष्ट शुक्रबार, ०६ चैत २०८२   March 20, 2026

विजया दशमिकाे शुभकामना दिंदै मुख्यमन्त्री शाहले भने : सामाजिक एकतालाई बलियाे बनाउन सरकार दृढ छ

विजया दशमिकाे शुभकामना दिंदै मुख्यमन्त्री शाहले भने :  सामाजिक एकतालाई बलियाे बनाउन सरकार दृढ छ

धनगढी । सुदूरपश्चिम प्रदेशका  मुख्यमन्त्री कमलबहादुर शाहले आपसी सदभाव, सहिष्णुता र सहयोगीको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सरकार दृढ रहेको बताएका छन्। विजया दशमी २०८० को अवसरमा विविध जातजाती, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीहरुको बिचमा एकता कायम गर्न सरकार लागि रहेको बताएका हुन्।
मुख्यमन्त्री शाहले नेपालीहरु बीचको सामाजिक सांस्कृतिक ऐक्यवद्धतालाई थप सुदृढ गर्दै न्यायपूर्ण, समातामुलक, सभ्य एवं सुसंस्कृत समाज निर्माणका साथै समृद्ध नेपाल, सुखी नेपालीको आंकाक्षा पुरा गर्ने दिशामा थप उत्साह, उमंगका साथ क्रियाशिल रहन आग्रह गरे।
मुख्यमन्त्री शाहले बडा दसैँलाई असत्यमाथि सत्य, आसुरी शक्तिमाथि दैवी शक्ति र अन्यायमाथि न्यायको विजयको प्रतिकका रुपमा सनातन हिन्दु धर्मावलम्वीहरुले परापूर्व कालदेखि महत्वपूर्ण पर्वका रुपमा मनाउँदै आएकोमा छरिएर रहेका प्रदेशवासी तथा सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे।


ट्रेन्डिङ