धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बैतडीको डिलाशैनी गाउँपालिकाका पूर्व अध्यक्षको निधन

बैतडीको डिलाशैनी गाउँपालिकाका पूर्व अध्यक्षको निधन

धनगढी । बैतडीका एक पूर्व अध्यक्षको निधन भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिकाका पूर्व अध्यक्ष उकेन्द्रबहादुर बोहराको निधन भएको हो । सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको बिहीबार बिहान निधन भएको उनका भाइ भोजबहादुर बोहराले बताए ।

डिलाशैनी गाउँपालिका वडा नम्बर–३ घर भएका ४५ वर्षीय बोहराको असोज २९ गते स्वास्थ्यमा समस्या आएपछि डडेल्धुरा हुँदै सेती प्रादेशिक अस्पताल ल्याइएको थियो। उनि विगत तीन बर्ष देखि क्षेयरोग पिडित थिए । 

नेकपा एमाले बैतडीको सचिवालय सदस्य समेत रहेका बोहराको दुई छोरा र दुई छोरी रहेका छन् । बोहराको शुक्रवार गृह जिल्ला बैतडीमै दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट डिलाशैनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।


ट्रेन्डिङ