धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

जसपा सुदुरपश्चिम समिति पुनर्गठन, अध्यक्षमा भगतराम चौधरी

जसपा  सुदुरपश्चिम समिति पुनर्गठन, अध्यक्षमा भगतराम चौधरी

धनगढी  ।  जनता समाजवादी  पार्टीको सुदुरपश्चिम समिति पुनर्गठन भएको छ । भगतराम चौधरीको अध्यक्षतामा प्रदेश समिति पुनर्गठन  भएको हो ।

प्रदेश इन्चार्ज गोविन्द चौधरीको संयोजकत्व, सहनचार्ज  भीम बहादुर थापा र राजनीतिक समिति सदस्य मालमती रानाको सहजीकरणमा ३८ सदस्यीय समिति  चयन भएको हो ।

प्रदेश समितिको उपाध्यक्ष गोविन्द राना थारु, निर्मला रिजाल र संगम सक्सेना,  मुख्य सचिव राजु बम,  सचिव  दल बहादुर घर्तीमगर र दिपेश तिमिल्सैना जैसी रहेको प्रदेश इन्चार्ज गोविन्द चौधरीद्धारा प्रकाशित बिज्ञप्तिमा उल्लेख छ ।


ट्रेन्डिङ