धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

धनगढीमा भएको आगलागीबाट झण्डै १८ करोड क्षति

धनगढीमा भएको आगलागीबाट झण्डै १८ करोड क्षति

धनगढी । धनगढी स्थित सारथी अस्पताल तथा जुत्ता, चप्पल पसलको गोदाममा भएको आगजनीबाट करिव १८ करोड बराबरको क्षेति भएको प्रारम्भिक तथ्याङ्क सार्वजनकि भएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोर (जुत्ताचप्पलको होलसेल गोदाम) विद्युतको तार सर्टभई आगो लागेको प्रहरीले जनाएको छ ।

सो आागो गोदाम संगै रहेको सारथी अस्पतालमा समेत फैलिएको थियो । आगलागीबाट १७ करोड ९७ लाख २० हजार रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक कुलदीप चन्दले बताए ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार राति करिब १ बजेतिर विद्युत् सर्ट भएर लागेको आगलागीबाट सो गोदामसहित अस्पताल र अन्य पसलमा क्षति भएको हो । आगलागीबाट सारथी अस्पताल प्रालिको पाँच करोड ५० लाख, गरिमा पोलिक्लिनिकको ३० लाख, सुविधा इन्टरप्राइजेजको एक करोड ३० लाख रुपियाँ बराबरको मालसामान नष्ट भएको छ । यस्तै, भट्ट सप्लायर्सको ७० लाख, भण्डारी सु सेन्टरको ५० लाख, भण्डारी जनरल स्टोरको चार करोड २५ लाख, मधुमाला कनेक्सनको ६० लाख रुपियाँ बराबरको क्षति भएको छ ।

यसैगरी, सुभिच्छा बेबी सपको ९० लाख, खाद्य व्यापार तथा कम्पनी लिमिटेडको चार करोड रुपियाँ बराबरको गोदामको भौतिक संरचना र गोदाममा कार्यरत कर्मचारीको दुई लाख २० हजार रुपियाँ बराबरको स्कुटर जलेर नष्ट भएको प्रहरी प्रबक्ता  चन्दले बताए ।

विद्युत् तार सर्ट भएर भीषण आगलागी भएपछि नेपाल प्रहरी, नेपाली सेनाको टोली आगो निभाउनका लागि खटेको थियो । आगो निभाउन धनगढी उपमहानगरपालिकाको दुई, गोदावरी नगरपालिकाको एक र पुनर्वास नगरपालिकाको एक गरी चार वटा दमकल प्रयोग गरिएका थिए ।


ट्रेन्डिङ