धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

धनगढी उपमहानगरपालिकाले  भत्कायो अनुमति नलिएर बनाइएका संरचना

धनगढी उपमहानगरपालिकाले  भत्कायो अनुमति नलिएर बनाइएका संरचना

धनगढी । धनगढी उपमहानगरपालिकाले  वडा नम्बर १ पार्कमोडमा रहेको दुष्यन्त बस्नेत र प्रदिप कुमार अग्रवालको संयुक्त दर्ता श्रेस्ता भएको  जग्गामा बनेको संरचनाका केही भाग भत्काएको छ । उपमहानगरपालिकाले  उक्त जग्गाको भवनका अनुमति नलिएर  निर्माण गरिएका संरचना भत्काइएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ अनुमति बिना निर्माण गरिएका संरचना हटाइएको बताउँछन् ।  “उक्त जग्गामा  भवन निर्माण गर्नका लागि उपमहानगरवालिकाबाट लिइएको अनुमति भन्दा बढी संरचना निर्माण गरिएको छ ।” प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भने  “अनुमति नलिएर बनाइएको संरचना हटाइएको हो ।”

उपमहानगरपालिकाले  अमित मेडिसिन, अमित प्लाजा भएको भवनका केही संरचना हटाएको हो । नगरल प्रहरी सहित पुगेको नगरपालिकाकाले टोलीले शनिबार दिउसो हटाएको हो ।

 भुइ तला, पहिलो र दोश्रो तला गरि साढे  दुई तलाको मात्र नक्सा पास गरिएको, त्यस बाहेकका बाकी संरचनाका साथै तेश्रो तलामा निर्माण गरिएको ट्रस संरचना नक्सा पास नगरेर बनाइएको उपमहानगपालिकाले जनाएको छ ।  भवनको पुर्व तर्फको सडकमा ४ फीट २ इन्च को छज्जा र सो छज्जामा बनेको स्टोर रुम,  बाथरुम सडक क्षेत्राधिकार भित्र परेको समेत प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए । 

अवैध संरचना हटाएर सडक क्षेत्राधिकार र नाला निकासको अवरोध हटाउन उपमहानगरपालिकाले घरधनीका नाममा मंसिर १४ गते अन्तिम पत्र काटेको थियो । सडक चौडा बनाउन र नालीको निकास व्यवस्थित बनाउन अवैध संरचना हटाउनु परेको नगर प्रमुखको सचिवालयले जनाएको छ ।

  प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठका अनुसार  उक्त जग्गामा बनेको भवन, नक्सा  पास गरिएको र निर्माण गरिएको संरचनाका बारेमा प्राविधिक टोलीले स्थलगत अध्ययन गरेर प्रतिवेदन दिएपछि  अनुमति पाएको भन्दा बढी  बनाइएका सरचना हटाइएको हो ।

उपमहानगरको सूचनामा घरधनीले पेस गरेको सफाइमा पनि नक्सा पास गरेको भन्दा बढी संरचना निर्माण गरेको स्वीकार गरिएको र उक्त कार्य कानुन विपरीत देखिन आएको हुँदा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ३९ बमोजिम अवैध भएकाले संरचना भत्काउनु परेको उपमहानगरले जनाएको छ ।


ट्रेन्डिङ