धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

ठेक्का लिएर समयमा काम नगर्ने ९  निर्माण कम्पनीलाई धनगढी उपमहानगरपालिकाले तोक्यो १ करोड ३ लाख जरिवाना

ठेक्का लिएर समयमा काम नगर्ने ९  निर्माण कम्पनीलाई धनगढी उपमहानगरपालिकाले तोक्यो १ करोड ३ लाख जरिवाना

धनगढी । धनगढी उपमहानगरपालिकाले   निर्माणको  ठेक्का लिएर काम नगरी ठेक्का ओगटी राख्ने नौ  निर्माण कम्पनीहरुलाई १ करोड ३ लाख ६४ हजार ४५२ रुपैया जरिवाना तोकेको छ । ती कम्पनीहरुले जरिवाना सहित थपिएको समयभित्र  काम सम्पन्न नगरे निर्माण कम्पनीको ठेक्का रद्ध गर्ने तयारी उपमहानगरपालिकाले गरेको छ ।

उपमहानगरपालिकाले धनगढी १३ मा जनता राष्ट्रिय माध्यमिक बिद्यालयको  भवन निर्माणको ठेक्का पाएको बडा तेडी डुणे कन्स्टक्सनलाई दैनिक ३ हजार ७ शय २६ रुपैया जरिवना तोकेको छ । साउन १ देखि मंसिर १५ गतेसम्म १६९ दिनको बडा तेडी कन्सटक्सनले छुट सहितको जरिवाना ४ लाख ८० हजार ६३८ रुपैया तिर्नुपर्ने भएको डिभिजनल इन्जिनियर दिजराज भट्टले बताए ।

डिभिजनल इन्जिनियर भट्टका अनुसार जरिवाना सहित थपिएको दुई शय दिनभित्र  काम सम्पन्न नगर निर्माण कम्पनीको ठेक्का रद्ध हुनेछ ।

त्यस्तै उपमहनगरपालिकाको वडा नम्बर ९ को भवानी माविको भवन निर्माणको ठेक्का पाएको  प्रतिष्ठा दुनिला किरन किरन जेभीलाई दैनिक ५ हजार ९०४ का दरले ११ लाख ६६ हजार ८४६ रुपैया जरिवाना तोकिएको छ ।

डिभिजनल इन्जिनियर भट्टका अनुसार धनगढी १२ को शारदा माध्यमिक बिद्यालयको भवन निर्माण ठेक्का पाएको बडा तेडी डुणे कन्स्टक्सनलाई दैनिक  दुई शय दिनको दैनिक ३ हजार ७२६ का दरले  ६ लाख २९ हजार ६७२ जरिवाना तोकिएको छ ।

धनगढी ६ को जाइ जाली सडक निर्माणको ठेक्का पाएको तेडी मणिलेक जेभीले दैनिक १२ हजार ७२४ का दरले  २१ लख ५० हजार ३३५ रुपैया जरिवाना तिर्नु  पर्ने भएको छ ।

धनगढी १४ को पञ्चोदय माविको भवन निर्माणको ठेक्का पाएको बडा तेडी डुणे कन्स्टक्सनले दैनिक  ३ हजार ७२६ का दरले ६ लाख २९ हजार ६७२,  धनगढी ८ मा सडक कालोपत्रेको ठेक्का पाएको किङ मेकर बिल्डर्सले दैनिक ९ हजार ७१९ का दरले १६ लाख ४२ हजार ४५१ रुपैया, धनगढी १२ मै  सडक कालोपत्रको ठेक्का पाएको तेडी निर्माण सेवालाइ दैनिक ९ हजार ७१९ का दरले १६ लाख ४२ हजार ४५१ रुपैया जरिवाना तोकिएको छ ।

धनगढी उपमहानगरपालिकाको २८ औं कार्यपालिका बैठकले लामो समयदेखि योजना  ओगटेर राख्ने निर्माण कम्पनीलाई दैनिक जरिवाना लगाउने निर्णय गरेको थियो । उपमहानगरपालिका अन्तर्गत सञ्चालित बिभिन्न योजनामा  ठेक्का लिएर तोकिएको समयभित्र काम नगर्ने निर्माण कम्पनीलाई जरिवाना लगाउने र कार्यप्रगतिको समयसीमा  तोक्दै दुई शय दिनको समय दिएको थियो ।


ट्रेन्डिङ