धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बर्दियामा २९ तोला सुन सहित दुई जना पक्राउ

बर्दियामा २९ तोला सुन सहित दुई जना पक्राउ

बर्दिया । बर्दिया जिल्लामा  २९ तोला भन्दा बढी सुन सहित दुई जनालाई प्रहीले पक्राउ गरेको छ । प्रहरीले श्रोत  नखुलेको सुनका साथै कार सहित उनीहरुलाई  शनिबार पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय बाकेका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीका अनुसार पक्राउ पर्नेमा बाँके नेपालगन्ज उपमहानगरपालिका–१९ राझाका २९ वर्षीय मोहन विक र कार चालक बाँके राप्ती सोनारी गाउँपालिका–२ स्थायी घर भई डुडुवा गाउँपालिका–५ जब्दहवाका ३८ वषीय देवेन्द्रबहादुर घती रहेका छन् ।  उनीहरु सवार रहेको प्रदेश ३–०१–०२३–८१६८ नम्बरको हुण्डाई कार र  सुनका गरगहना स समेत बरामद गरिएको छ ।

ईलाका प्रहरी कार्यालय बगनाहा, मोतीपुर र कतरनियाको संयुक्त टोलीले पूर्वपश्चिम राजमार्गमा जाँच गर्दा गरगहना बरामद गरिएको प्रहरी उपरीक्षक शाहीले जनाए ।

प्रहरीले आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, राजापुरमा पक्राउ परेका मानिस सहित गरगहना र कार बुझाएको जनाएको छ ।


ट्रेन्डिङ