धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

६ किलो चरेससहित बझाङमा दुई जना पक्राउ

६ किलो चरेससहित बझाङमा दुई जना पक्राउ

धनगढी । बझाङमा ६ किलो भन्दा बढी लागूऔषध चरेससहित बझाङमा दुई जना पक्राउ परेका छन् ।

दुर्गाथली गाउँपालिकाबाट केदारस्युँ तर्फ जाँदै गरेको सुप प्र०१००९ प १४४० मोटरसाइकलमा सवार केदारस्युँ गाउँपालिका–९ का प्रेम बोहरा र सोही गाउँपालिकाको–८ का सुनिल बोहरा चरेस सहित पक्राउ परेका हुन् ।

उनीहरूलाई दुर्गाथली गाउँपालिकाको आमरुखबाट प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ६ किलो ६० ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपेश चौधरीले जानकारी दिए । मोटरसाइकल सहित नियन्त्रणमा लिइ उनीहरू माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मंगलबार मात्रै केदारस्युँ गाउँपालिकाको एम्बुलेन्सबाट धनगढी लैजाँदै गरेको तीन किलो चरेससहित चालक रामबहादुर खातीलाई कैलाली प्रहरीले प्रक्राउ गरेको थियो ।


ट्रेन्डिङ