धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

गेटा अस्पतालभित्र छिर्न नपाएपछि धनगढीमा अनसन बसे डा.  केसी

गेटा अस्पतालभित्र छिर्न नपाएपछि धनगढीमा अनसन बसे डा.  केसी

धनगढी ।  कैलालीको गेटामा अवरोधको सामाना गरेपछि डा. गोविन्द केसीले शुक्रवार साझबाट धनगढीमा अनसन शरु गरेका छन् । डा केसी तीन दिनसम्म अनसन बस्नेछन् ।

शुक्रबार दिउसो अनसनको घोषणा गरेको लगत्तै साझपख गेटामा अवस्थित प्रस्तावित मेडिकल कलेजमा पुगेका थिए । तर उनलाइ  स्थानीय वासिन्दाले अस्पतालको गेटभित्र छिर्न दिएनन् ।

अस्पतालभित्र छिर्न नपाएपछि डा. केसीले धनगढी एलएनचौक स्थित श्रीकृष्ण मन्दिरको धर्मशालामा  साझ साढे सातबाट अनसन शुरु गरेका छन् ।

डा. केसीले एक हप्ता अघि मात्र आफ्नो पेटको  अपरेशन गरेका कारण यसपटक अनसन तीन दिन मात्र बस्ने बताएका छन् । पुर्व घोषणा भैसकेका कारण अस्वस्थताका बीच पनि तीन दिन अनसन बसेर राज्यलाई जवाफदेही बनाउन लागेको डा. केसीले बताए । 

संक्रमणकालीन न्याय र चिकित्सा शिक्षासँग सम्बन्धित २ बुँदे माग अगाडि सार्दै केसीले  अनसन शुरु गरेका हुन् ।

डाक्टर केसीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई प्रमुख मागका रुपमा अगाडि सारेका छन् । केसीले विज्ञप्ति गर्दै सार्वजनिक गरेका २ बुँदे मागको पहिलो बुँदामा संक्रमणकालीन न्याय प्रक्रियालाई चाँडो टुंगोमा पु¥याउनुपर्ने बताइएको छ । केसीको मागको पहिलो बुँदामा भनिएको छ, ‘सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुंगोमा पु¥याइयोस ।’

डा केसीले चिकित्सा शिक्षा सुधारसँग सम्बन्धित रहेर यसअघि आफूसँग भएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने विषयलाई दोस्रो मागका रुपमा अगाडि सारेका छन् । डा केसीले सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्न माग गरेका छन् ।


ट्रेन्डिङ