धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026
राष्ट्रिय सहकारी बैंकको  २० औं साधारण सभा  इकाइ ७ धनगढी सम्पन्न

सुदुरपश्चिममा मनाङक बचत तथा ऋण सहकारी उत्कृष्ट सहकारी घोषित

सुदुरपश्चिममा मनाङक बचत तथा ऋण सहकारी उत्कृष्ट सहकारी घोषित

धनगढी ।  राष्ट्रिय सहकारी बैंकको  २० औं साधारण सभा  इकाइ ७ शनिबार धनगढीमा सम्पन्न भएको छ ।

बैंकका सँचालक शिवा थापाको अध्यक्षतामा भएको  उक्त कार्यक्रममा सदस्यहरुबाट सुझाव संकलन गरिएको थियो ।

सो अवसरमा  सहकारी बैंकले सुदुरपश्चिम प्रदेशमा मनाङक बचत तथा ऋण सहकारीलाई उत्कृष्ट सहकारी घोषणा गरेको छ । बर्षभरिका क्रियाकलापका आधारमा उत्कृष्टता घोषणा गरिएको हो ।

सुदुरपश्मिमा नै बचत तथा ऋण बाहेकका कारोवार गर्ने संस्थाहरु मध्य सुर्योदय बहुउदेश्यीय सहकारी संस्था लिमिटेड महेन्द्रनगरलाई उत्कृष्ट  घोषणा गरिएको छ ।

त्यस्तै सहकारी बैंकका  धनगढी शाखा अन्तर्गतका सहकारीहरु मध्य सिद्धबाबा कृषि सहकारी संस्था लिमिटेड गोदावरी ८ र संगम बचत बहुउदेश्यीय सहकारी संस्था लिमिटेडलाई उत्कृष्ठ सहकारी घोषणा गरिएको छ ।

त्यस्तै सहकारी बैंकको महोन्द्रनगर शाखा अन्तर्गतका सहकारीहरु मध्य सृजनशील बचत तथा ऋण सहकारी संस्था लिमिटेड झलारी र  इन्द्रेणी कृषि सहकारी संस्था लिमिटेड  बेदकोट कन्चनपुर  उत्कृष्ट सहकारी घोषित भएका छन् ।

 कार्यक्रमको सँचालन राष्ट्रिय सहकारी  बैंकको व्यवसाय बिकास बिभाग प्रमुख मधु रायमाझीले गरेकी थिइन् ।


ट्रेन्डिङ