धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

विष्णु ऐडी अभिनित ‘स्वर्ग भेट होला कि’ गीत सार्वजनिक

विष्णु ऐडी अभिनित ‘स्वर्ग भेट होला कि’ गीत सार्वजनिक

धनगढी । कलाकार विष्णु ऐडीले आफ्नी स्वर्गिय धर्मपन्तिको सम्झनामा ल्याएको वियोगान्त ‘स्वर्ग भेट होला कि’ गीत र सो गीतको भिडियो अभिनय सार्वजनिक गरिएको छ ।

शुक्रवार धनगढीमा एक कार्यक्रम को आयोजना गरी भिडियो सार्वजनिक गरिएको हो । गिती भियोयो वरिष्ठ देउडा गायक नरेन्द्रराज रेग्मी ले भिडियो प्ले गरेर सार्वजनिक गरेका हुन् ।

ऐडीले आफ्नी स्वर्गीय धर्म पत्नी उज्वला देबी ऐडीको सम्झनामा गीत निर्माण गरेका हुन । उज्वला को मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो । सुदूर धमाका युट्युब च्यानलबाट उक्त भिडियो सार्वजनिक भएको हो । भीम थापा नायक ले सृजना गरेको उक्त गीतको भिडियो निर्देशन भीम थापाले गरेका हुन् ।

गीतमा प्रकाश थापा र गौरी भट्ट ले स्वर दिएका छन् । गीतमा अभिनय रोजी कुँवर र विष्णु ऐडीले गरेका छन् । ऐडी नेपाली काँग्रेस बझाङका युवा नेता तथा तरुण दलका केन्द्रीय सदस्य समेत हुन् ।


ट्रेन्डिङ