धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

सुदूरपश्चिममा लम्पी स्किन रोगका कारण १४ हजार भन्दा बढी चौपायाके मृत्यु

सुदूरपश्चिममा लम्पी स्किन रोगका कारण १४ हजार भन्दा बढी चौपायाके मृत्यु

धनगढी । सुदूरपश्चिम प्रदेशमा लम्पी स्किन रोगका कारण १४ हजार भन्दा बढी पुशु चौपाया गरेको पशु सेवा कार्यालयले जनाएको छ ।

सो रोगका कारण पुस सम्ममा सुदूरपश्चिमका तीन लाख ४६ हजार ८ सय पशु संक्रमित भएकोमा १४ हजार तीन सय ९० चौपाय मरेको पशु सेवा विभागले जनाएको छ ।

लम्पी स्किनको संक्रमणका परेका  तीन लाख २९ हजार चार सय ६८ चौपाया भने निको भएका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहप्रवक्ता तथा वरिष्ठ पशुचिकित्सक डाक्टर तपेन्द्रप्रसाद बोहराले बताए ।

खास गरी कम्जोर स्वास्थ्य अवस्था भएका र ब्याउने भएका चौपाय रोगकका कारण बढी मारमा परेका र तीनै चौपाय मरेको उनले बताए । उनका अनुसार औसतमा एउटा चौपाय मर्दा ४९ हजार ७ सय ३५ रुपैयाँ बराबरको क्षेति हुन सक्ने आँकलन गरिएको छ । तर आर्थिक नोक्सानीको विस्तृत अध्ययन नभएको उनले बताए ।


ट्रेन्डिङ