धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

महेन्द्रनगरमा  क्यासिनोकी स्टाफ आफ्नो कोठामै मृत फेला परिन्

महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको एक क्यासिनोमा काम गर्ने एक महिला मृत फेला परेकी छिन् । भीमदत्त–५ वनखेतस्थित डायमण्ड क्यासिनोमा कार्यरत प्रिंयका राजवंशी आफ्नो डेराको कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कन्चनपुले जनाएको छ ।

राजवंशी मंगलवार आफ्नो कोठामा मृत फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ । उनको शवलाई पोस्टमार्टमका लागि महाकाली अस्पतालमा राखिएको छ ।

प्रहरीका अनुसार राजबंशी झापाको मेची नगरपालिका– ६ की  वासिन्दा हुन् । उनको शवलाई पोस्टमार्टमका लागि महाकाली अस्पतालमा राखिएको छ ।


ट्रेन्डिङ