धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

चवरा चौतारा समाजको १८औं बार्षिक साधारण सभा सम्पन्न

चवरा चौतारा समाजको १८औं बार्षिक साधारण सभा सम्पन्न

धनगढी । चवरा चौतारा समाज धनगढीको १८ औ बार्षिक साधारण सभा आइतबार धनगढीमा सम्पन्न भएको छ ।

डोटीको चवराचौताराबाट बसाइ सराइ गरि धनगढी बसोबास गरिरहेकाहरुले गठन गरेको समाजको १८ औ साधारण सभाको प्रदेश सभा सदस्य तथा एमाले नेता धर्म राज पाठकले उदघाटन गरेका हुन ।

साधारण सभामा प्रदेश सभा सदस्य पाठक र  प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष अनुप कुमार उपाध्यायले शुभकामना दिएका थिए ।

सो अवसरमा समाजका आजीवन सदस्य ज्येष्ठ नागरिक तथा उत्कृष्ट बचतकर्ता मेघराज पाठक, धारुदेवी बम, शान्ति उपाध्याय, सेवा निबृत सरकारी कर्मचारी, टीकाराम मिश्र र राम बहादुर बम लगायतलाई सम्मन गरिएको थियो ।


ट्रेन्डिङ