धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

धनगढीमा माघ देखि सुर्तिजन्य पदार्थ विक्रिवितरण गर्न नपाइने

धनगढीमा माघ देखि सुर्तिजन्य पदार्थ विक्रिवितरण गर्न नपाइने

धनगढी । प्लास्टिक विक्रिवितरणमा रोक लगाइसकेको धनगढी उप महानगरपालिकाले अव देखि धनगढीमा सुर्तीजन्य पदार्थ बिक्री वितरण समेत गर्न नदिने भएको छ ।

उपमहानगरपालिकाले आगामी माघदेखि नगर क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री वितरण गर्न नपाइने जनाएको छ ।

धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले सूचना जारी गर्दैै माघ १ गतेदेखि नगर क्षेत्रमा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइने उल्लेख गरेका छन् ।

धनगढी उपमहानगरपालिकाको स्वास्थ्य सेवा ऐन, २०७७ को दफा ३० (१) ‘सुर्ती तथा मदिराजन्य पदार्थ विकी वितरणको लागि उप–महानगरपालिकाबाट छट्टै अनुमति लिनु पर्ने हुन्छ,’ प्रशासकिय अधिकृत श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, सोही ऐनको दफा ३० (२) अनुसार खाद्य पदार्थ विकी हुने स्थानबाट गर्ने पसलमा सुर्ती तथा मदिराजन्य पदार्थ विकी वितरण गर्न बन्देज लगाईने छ ।’


ट्रेन्डिङ