धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

मन्जुश्री फाइनान्सको  सिइओमा टीकापुरका तिमिल्सिना नियुक्त

मन्जुश्री फाइनान्सको  सिइओमा टीकापुरका तिमिल्सिना नियुक्त
तेजराज तिमिल्सिना निमित्त प्रमुख कार्यकारी अधिकृत मञ्जुश्री फाईनान्स

धनगढी  । मञ्जुश्री फाईनान्सको निमित्त प्रमुख कार्यकारी अधिकृत ( सीईओ ) मा कैलालीको टीकापुर नगरपालिकाका तेजराज तिमिल्सिना नियुक्त भएका छन् । कम्पनीको पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले तिमिल्सिनालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

ग्रामीण बिकास बैंकबाट बैकिङ क्षेत्रमा काम शुरु गरेका तिमिल्सिनासँग दुई दशक भन्दा बढी समयको माइक्रोफाइनान्स, फाइनान्स, बिकास बैंक र वाणिज्य बैंकमा काम गरेको अनुभव छ ।

तिमिल्सिनाले पुस १६ गतेबाट कार्यभार सम्हालेका छन् ।


ट्रेन्डिङ